छात्राहरुमा देखिएको विराम मासहिस्टेरिया

तेह्रथुम, २ असोज । तेह्रथुम जिल्लाको सुङ्नामको सिंहदेवी उच्च माविका छात्राहरुमा एक साता अघि देखिएको अज्ञात रोग मासहिस्टेरिया रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा।भवानी शर्माले छात्राहरुमा रुने, कराउने र बेहोस हुने विराम अनौठो रोग नभई मास हिस्टेरिया मात्रै रहेको दाबी गरे । उनले भने , ‘एक जना छारेरोगी छात्रा विद्यालयमा बेहोस भएको देखेर अरु छात्राहरु डराएर बेहोस भएका हुन्,’
डा।शर्माका अनुसार कुनै घटना र समस्याबाट डराएर धेरै जना एकै पटक बेहोस हुनुलाई मास हिस्टेरिया भनिन्छ ।
छात्र भन्दा छात्राहरुको मन कमजोर हुने भएकाले बढी मात्रामा छात्राहरुमा मास हिस्टेरियाले भेट्ने गरको उनको भनाई छ ।
छारेरोगी छात्रा बेहोस भएपछि आफूहरुलाई पनि उसकै जस्तो हुनसक्ने डर र चिन्ताका कारण विद्यालयका अरु छात्राहरु अतालिएर बेहोस भएको डा।शर्माले उल्लेख गरे ।
विद्यालयमा एकै पटक ३० जना छात्रामा रुने, कराउने र बेहोस हुने विराम देखिएपछि गत बिहीबारबाट एक साताका लागि पठन–पाठन बन्द गरिएको छ ।

प्रतिक्रिया