नौ दिनकी सुत्केरीको मृत्यु

जाजरकोट, २ असोज । उचित स्याहार सुसार हुन नसक्दा जाजरकोटमा नौ दिनकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
पूर्वी जाजरकोटको सक्ला–२, की २१ वर्षीया विनिता विश्वकर्माको एक्कासी श्वासप्रश्वाशमा समस्या आए पछि मृत्यु भएको आफन्तले जनाएका छन् ।
गाउँमै रहेको स्वास्थ्य चौकी सेपुखोलामा उपचारका लागि लैजाने क्रममा विश्वकर्माको सोमबार बाटोमै ज्यान गएको पति कमान विश्वकर्माले जानकारी दिए ।
भदौ–२४ गते पहिलो सन्तानका रुपमा छोरी जन्म दिएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।
मृतक विश्वकर्माकी नौ दिनकी छोरीको स्वास्थ्य अवस्था भने सामान्य रहेको पारिवारले बताएका छन् ।
सुत्केरी स्वास्थ्य, खानपीन, सरसफाई र चिसोतातोमा ध्यान नदिदा उनको मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मीको भनाई छ ।

प्रतिक्रिया