थ्रीस्टारलाई दुई सहप्रायोजक

काठमाडौं, २ असोज । थ्रीस्टार क्लबले दुई सहप्रायोजकसँग नयाँ सम्झौता गरेको छ । सोमबार क्लबले मित्सुबिसी मोटर कम्पनीको आधिकारिक बिक्रेता लियोन मोटर्स एन्ड प्रालि र वेस्टर्न युनियनसँग सहप्रायोजन सम्झौता गरेको हो । लियोन मोटर्सले तीन लाख रुपियाँ प्रदान गर्ने भएको छ । यसैगरी, वेस्टर्न युनियनले १० लाख रुपियाँ प्रदान गर्ने भएको छ । यो नेपाली फुटबलमा हालसम्मको सबैभन्दा बढी सहप्रायोजन रकम सम्झौता हो ।
सम्झौतापत्रमा थ्रीस्टार क्लबका तर्फबाट अध्यक्ष ललितकृष्ण श्रेष्ठ तथा लियोन मोटर्सका तर्फबाट कार्यकारी अध्यक्ष आशिष श्रेष्ठ र वेस्टर्न युनियनका सिनियर कन्ट्री मेनेजर अतिशकृष्ण श्रेष्ठले हस्ताक्षर गरे । केही दिनअघि मेगा बैंकले साथ छाडेको थ्रीस्टार क्लबको मुख्य प्रायोजक भने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया