तोडफोडको विरोधमा विद्यालय बन्द

कञ्चनपुर, १ असोज । एमाओवादीको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थीले भीमदत्तनगरमा रहेका दुई वटा विद्यालय तोडफोड गरे पछि विरोधमा विद्यालय बन्द भएका छन् ।
तोडफोडको विरोधमा प्याब्सन र एनप्याब्सनले कञ्चनपुरका सम्पूर्ण निजी, सामुदायिक विद्यालय, उच्च मावि र क्याम्पस बन्द गरेका हुन् । विद्यालय बन्द भए पछि विद्यार्थी पठन÷पाठनबाट बञ्चीत भएका छन् ।
मागे जति चन्दा नदिएको भन्दै क्रान्तिकारीका विद्यार्थीले फ्लोरिडा बोर्डिङ र प्रभात विद्या निकेतनमा तोडफोड गरे पछि विद्यालय सञ्चालकहरु विरोधमा उत्रिएका हुन् ।
प्याव्सन र एनप्याव्सनले तोडफोडमा संलग्न क्रान्तिकारीका विद्यार्थीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया