च्याउ खाएर एकै परिवारका चारको मृत्यु

दैलेख, १ असोज । दैलेख जिल्लाको सल्लेरी–२ मा जंगलबाट ल्याएको विषालु च्याउनको तरकारी खाँदा एकै घर परिवारका चार जनाको मृत्यु भएको छ ।
भदौ–२५ गते जंगलबाट ल्याएको च्याउ खाएर विरामी मध्ये दुई जनाको आज भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बर्ष २७ का अमर गुरुङ र बर्ष ६४ का मनबहादुर गुरुङ रहेका छन् ।
च्याउ खाएर विरामी जयबहादुर गुरुङको सुर्खेतमा उपचार भईरहेको छ । उनको अवस्था पनि गम्भीर छ ।
भदौ–२५ गते च्याउको तरकारी खाएर विरामी परेका २३ वर्षीय मनकुरमारी गुरुङको भदौ–२८ उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो ।
च्याउ खाएर विरामी अर्की निर्मला गुरुङको भदौ–३१ गते लखनउमै उपचारका क्रममा मृत्यु भएको प्रहरी भनाई छ । (तस्विर गुगल)

प्रतिक्रिया