मोटोपना यौनसम्बन्धमा हानिकारक

मोटोपनलाई रोगको घर भनिन्छ । हल्का शरीर भएको मानिसको तुलनामा मोटो शरीरको मानिसले स्वास्थ्यमा अनेकखाले उल्झन एवं समस्या खेप्नुपरिरहेको हुन्छ । मोटोपनले यौनस्वास्थ्यलाई पनि प्रभाव पारिरहेको हुन्छ । केही अध्ययनले मोटोभन्दा ठिक्क तौलको मानिसले यौन आनन्द बढी लुट्ने दाबी गरेका छन् । सेक्सको मर्म भनेकै आनन्दको गहिराइमा पुग्नु भएकाले त्यसबाट वञ्चित हुँदा कसलाई आत्मग्लानि नहोला र ? त्यसैले शरीरको बोसो बढ्न नदिन खास सचेत हुनुपर्छ, महिला तथा पुरुष दुवैले ।

मोटोपनाकै कारण कतिपय दम्पतीको सेक्स लाइफमा गम्भीर समस्या आइरहेको हुन्छ । श्रीमतीको मोटोपनाका कारण श्रीमान् बहकिएको अनि श्रीमान्को मोटोपनका कारण श्रीमती बहकिएका घटना चलिरहेका हुन्छन्, भित्रभित्रै । सेक्सको आनन्द भनेकै जोडीमध्ये दुवैले समान आनन्द लिन सक्नु हो । तर, दम्पतीमध्ये एकमा मोटोपनको समस्या हुँदा दुवैको जीवन आनन्दमय हुन सक्दैन । एउटा सर्वेक्षणअनुसार प्रत्येकलाई आफ्नो पार्टनर ‘सेक्सी’ तथा आकर्षक होस् भन्ने चाहना हुन्छ । तर, मोटोपनले कामुकता तथा आकर्षण घटाइरहेको हुन्छ ।
दम्पतीमध्ये कुनै एकको शरीर भद्दा भयो भने हीनताभाव आउने र आफ्नो जोडीसँग जम्न नसक्ने समस्या हुन्छ । एकको भद्दा शरीरले पार्टनरको सेक्स इच्छा नै समाप्त नगरिदेओस् भन्ने डर उब्जन सक्छ । खासगरी महिलाहरूमा यो समस्या बढी पाइने गरिन्छ । मोटोपनाका कारण महिला आफ्नो पार्टनरसामु आत्मविश्वास जगाउन सकिरहेका हुँदैनन् । उनीहरू ‘सेक्सी’ लुगा लगाउन वा कपडा खोल्न पनि हच्किरहेका हुन्छन् । पार्टनरको मोटोपनाले सेक्सको आनन्द कम हुन्छ र उत्तेजना पनि कम भएर जान्छ । त्यसैले बिहेपछि सेक्स लाइफ राम्रो रहनका लागि आफ्नो जीवनशैली उपयुक्त हुन जरुरी हुन्छ । त्यसैले हरेक जोडीले आफ्नो तौल संयमित राख्नेबारे सतर्क हुनुपर्छ ।

प्रतिक्रिया