संविधानसभा मरेको गोरुः केसी

पाल्पा, ३१ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभालाई मरेको गोरुको संज्ञा दिएका छन् ।
पाल्पामा आज आयोजित कार्यक्रममा उनले भने, ‘संविधानसभाको पुनःस्थापना गर्नु भनेको मरेको गोरुलाई जोत्ने प्रयास गर्नु मात्र हो ।’
उनले विघटन भएको संविधानसभा पुनःस्थापना गरेर देशले नयाँ संविधान पाउन नसक्ने बताए । नयाँ चुनावमा जानुनै राम्रो विकल्प हुने उनको भनाई छ ।
उनले चार वर्षमा समेत नयाँ संविधान निर्माण गर्न नसक्ने संविधानसभा पुनःस्थापना आवस्यक नहरेको बताए । उनले भने, ‘प्रमुख दलहरुले कहीले पनि संविधान निर्माणको बिषयलाई प्राथमिकतामा राखेनन् ।’
संघीयताले मुलुकलाई विखण्डन गर्ने बताएका उनले आफूलाई संघीयताको विरोध गर्दा पटक पटक ज्यान मार्ने धम्की आएको उल्लेख गरे । उनले मुलुकलाई संघीयता भन्दा स्वायत्तता अवाश्यक रहेको बताए ।

प्रतिक्रिया