अध्यादेश स्वीकृत गर्न भट्टराईको आग्रह

सुर्खेत, ३१ भदौ । प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति डा.रामवरण यादवलाई सरकारले सिफारीस गरेका अध्यादेश स्वीकृत गर्न आग्रह गरेका छन् ।
सर्खेत विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएका अध्यादेश सरकार सञ्चालनका लागि आवश्यक रहेको बताए । उनले भने, ‘सरकार चलाउन आवश्यक पर्ने अध्यादेश रोक्नु हुँदैन, छिटो जारी गर्नु पर्छ ।’
उनले आफ्नो कार्यकालमा शान्ति र संविधानले गति लिएको दाबी गरे । उनले भने, ‘शान्ति प्र्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’
प्रधानमन्त्री भट्टराईले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न दलहरूबीच प्याकेजमै सहमति आवश्यक रहेको बताए । उनले संविधानसभा पुनःस्थापना गर्न वा नयाँ निर्वाचनमा जानका लागि पनि सहमति आवश्यक रहेको बताए ।

प्रतिक्रिया