अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागिता

बेल्जियम । सन २०१३ को ८ देखि १६ सम्म चल्ने बेल्जियमको ६८ औं अन्तर्राष्ट्रिय मेलामा नेपाललाई प्रमुख अतिथिका रुपमा सहभागी हुने मौका मिलेको छ ।
गत शनिबार एसेन्टामा भएको २०१२ को उद्घाटन समारोहमा आयोजक संस्थाले सो जानकारी दिएको हो ।
इटलीको टुस्कानस्थित पिस्तोया शहरमा मेला हुने छ । हरेक वर्ष मेलामा एउटा देश वा आर्थिक क्षेत्रलाई अतिथिका रुपमा सहभागी गाउने गरिन्छ ।
विगतमा भारत, साउदी अरव, टर्की, इणेनेशियालगायत मुलुकहरुले मेलामा सहभागिता प्रमुख अतिथिको जिम्मेवारी पाईसकेका छन् । यस पटक नेपालले प्रमुख अतिथिको स्थान पाउन लागेको हो ।
मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघले गर्ने छ भने बेल्जियम स्थित नेपाली संघ संगठनहरुको सहभागिता पनि रहने छ ।
मेलामा नेपाल सरकार, वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्धन केन्द्रको सहभागिता हुने छ ।
अतिथि राष्ट्रको छनोटमा परेपछि नेपालले प्रदर्शनी स्पेस निशुल्क पाउने नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मेलामा बेल्जियमका राजा, उच्च अधिकारीलगायतको सहभागिता हुने छ ।

प्रतिक्रिया