सर्पले टोकेर तीनको मृत्यु/१८ जना विरामी

धनुषा, २९ भदौ । धनुषा जिल्लामा सर्पको टोकाईवाट तीन जनाको मृत्यु भएको छ भने १८ जना विरामी परेका छन् ।
उपचारका क्रममा आज विहान मृत्यु हुनेमा नगराइन–१ बस्ने १८ बर्षीया रिंकु मण्डल, २५ बर्षीया रिना कुमारी मण्डल र भरोसी महतोको १६ बर्षीया नाम खुल्न नसकेकी छोरी रहेको प्रहरीले जनाएको छ ।
विषालु सर्पले टोकेर नगराइन गाबिसमा तीन दिनमा १८ जना सर्वसाधारण विरामी भएका छन् । सर्पले वडा नम्बर १, २ र ३ मा २५ देखि २८ गते सम्म लगातार विभिन्न १८ जना लाई टोकेर विरामी बनाएको हो । अन्य विरामीको उपचार भइरहेको छ । तस्विर गुगल

प्रतिक्रिया