सिराहामा गोली हानी हत्या

सिरहा, २९ भदौ । सिरहाको धनगढीमा अज्ञत समूहले एक युवकको गोली हानी हत्या गरेको छ ।
गएराति धनगढी–५ का ३५ वर्षीय शिवकुमार साहको गोली प्रहारबाट हत्या भएको हो । साहको मुखमा गोली लागेको छ ।
हत्या गरिएको स्थान इलाका प्रहरी कार्यालय धनगढी नजिकै रहे पनि हत्या कसले र किन गरेको भन्ने कारण खुल्न सकेको छैन ।
बिहीबारदेखि बेपत्ता साहको गएराति धनगढी–१ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले तीन थान चिनियाँ पेस्तोलको खोका र एक थान थ्री नट थ्री राइफलको खोका बरामद गरेको छ ।

प्रतिक्रिया