दस हेक्टरको गाँजाखेती नष्ट

हेटौंडा, २७ भदौ । मकवानपुर जिल्लाको उत्तरी भोगमा स्थानीय कृषकले लगाएको अवैध गाँजा खेतीलाई प्रहरीले नष्ट गरिदिएको छ ।
पालुङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोलीले गाँजा खेती नष्ट गरेको हो । टिस्टुङ, वज्रबाराही गाविसका विभिन्न वडामा लगाएको करिब १० हेक्टर जग्गाको गाँजाका बोट काटेर आज बिहान नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका नामटार, आग्रा, पालुङ, चित्लाङ, मार्खु, डाँडाँखर्क, गोगने, राक्सीराङ, सरीखेत, पलाँसे, भार्ता गाविसमा कृषकले खेती गर्दै आएको छन् ।

प्रतिक्रिया