एमाओवादी/कांग्रेसवीच दुई विकल्पमा सहमति

काठमाडौं, २७ भदौ । एकीकृत माओवादी र नेपाली कांग्रेसले भदौ–३१ गते भित्र संविधानका विवादित विषयमा सहमति गरेर संविधानसभा पुनःस्थापनामा जान तयार भएका छन् ।
लाजिम्पाटमा आज एमाओवादी र कांग्रेसका शीर्ष नेतृत्ववीच भएको बार्तामा संविधानसभा पुनःस्थापना गर्न सहमति नभए नयाँ निर्वाचनमा जाने अर्को विकल्पमा सहमति गरिएको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
‘एमाओवादी र कांग्रेसवीच दुई वटा विषयमा सहमति भएको छ,’ उनले भने, ‘नयाँ संविधानका विवादित विषयमा सहमति गरेर राष्ट्रपतिलाई मस्यौदा दिएर संविधानसभा पुनःस्थापना गर्ने तथा त्यसमा पनि सहमति नभए नयाँ निर्वाचनमा जान्छौं ।’
दुवै सहमति कार्यान्वयन गर्न बाबुराम भट्टराई नेतृत्वको वर्तमान कामचलाउ सरकारलाई विदाई गर्ने सहमति पनि भएको सिटौलाले बताए ।
दलहरुका वीच पछिल्लो समयमा सम्बन्ध चिसिएका समयमा एमाओवादी/कांग्रेसका शीर्ष नेताहरुवीच बार्ता भएको हो ।
बार्तामा एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल एवं महामन्त्री कृष्णप्रसाद सिटौलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया