काठमाडौं, २६ भदौ । अमेरिकाले तिव्वती शरणार्थी समस्याका बारेमा नेपाल सरकारसँग चासो राख्दै उनीहरुको अधिकारप्रति ध्यान दिन आग्रह गरेको छ ।
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईसँग आज सिंहदरबारमा भएको भेटमा अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री रवर्ट ओ व्लेकले तिव्वती शरणार्थीहरुका बारेमा जिज्ञासा राखेका हुन् ।
नेपालमा रहेका तिव्वती शरणार्थीका अधिकारहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित गर्न प्रधानमन्त्री भट्टराईलाई सुझाव दिएको भेट पछि जारी विज्ञप्तिमा उल्लेख छ । जवाफमा प्रधानमन्त्रीले तिव्वती शरणार्थीका माग र मुद्दाप्रति नेपाल सरकार सजग रहेको बताए ।
अमेरिकाले विगतदेखि नै नेपालमा रहेका तिव्वती शरणार्थीका बारेमा गहिरो चासो राख्दै आएको छ ।
त्यसै गरेर प्रधानमन्त्री भट्टराईले वर्तमान राजनीतिक निकासको दुई विकल्प मात्रै रहेको बताएका छन् ।
‘सहमतिका आधारमा संविधानसभाको निर्वाचनमा जाने वा संविधानका अन्तरवस्तुमा सहमति गरेर संविधानसभाको पुनःस्थापना गर्ने,’ उनले भने ।
प्रतिक्रिया