पत्रकार पाण्डेद्वारा प्रहरीमा उजुरी

काठमाडौं, २६ भदौ । दोरम्बा घटनासम्बन्धी लेखका कारण निरन्तर धम्कीको सामना गरेका पत्रकार गणेश पाण्डेले आज प्रहरी समक्ष घटनाको जानकारी गराएका छन् ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका पाण्डे र प्रेस चौतारीका केन्द्रीय सचिव माधव नेपालले संयुक्त रुपमा अपराध अनुसन्धान महाशाखाका प्रमुख, वरिष्ठ उपरीक्षक देवेन्द्र सुवेदीलाई भेटी धम्कीबारे जानकारी गराएका हुन ।
धम्कीपूर्ण इमेलका प्रतिलिपीहरु बुझ्दै महाशाखाका प्रमुख सुवेदीले धम्कीका विषयमा छानबिन गरिने आश्वासन दिए ।
युद्धकालमा रामेछापको दोरम्बामा तत्कालिन शाही नेपाली सेनाबाट भएको नरसंहार र त्यसपछि माओवादीबाट भएका ज्यादतीका घटनाको छानबिनको माग गर्दै भदौ–४ गते प्रकाशित लेखपछि पत्रकार पाण्डेलाई ज्ञानभी गुरुङको नाममा पटक पटक इमेलमार्फत धम्की आएको थियो ।

प्रतिक्रिया