दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो


काठमाडौं, २६ भदौं । कालिकोट जिल्लामा बस दुर्घटना हुँदा मृत्यु हुने यात्रुको संख्या २९ पुगेको छ । दुर्घटनामा १४ यात्रु घाईते भएका छन् ।
मृतकमध्ये जुम्ला जिल्ला महतगाउँ बस्ने ४० वर्षीय भीमदत्त गुरूङ, कालीका थुन्चा घर भई जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत प्रहरी जवान पसलबहादुर शाही, पान्दुगुफा–१ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की, पान्दुगुफा–४ बस्ने १८ वर्षीय मीनबहादुर रोकाय, कालीकोट जिल्ला राचुली–८ बस्ने २८ वर्षीय गोविन्द कोइरालाको सनाखत भएको छ ।
त्यसै गरेर कालीकोट मान्मा–५ बस्ने ४० वर्षीया जगतकुमारी शाही, पाखा–१ बस्ने ४८ वर्षीया कान्छी मल्ल, पाखा–८ बस्ने २३ वर्षीय जंगबहादुर शाही, कैलाली जिल्ला सारेपानी–४ बस्ने ३२ वर्षीय लालबहादुर भण्डारी, संग्राम सादुल गुल्म कालीकोटमा कार्यरत नेपाली सेनाका सिपाही बैतडी जिल्ला दशरथ नगरपालिका घर भएका २६ वर्षीय मनोजसिंह कार्कीको पनि सनाखत भएको छ । बाँकी अन्यको सनाखतको कार्य जारी छ ।
घाईते मध्य कालिकोट जिल्ला सुकाकिया–४ का २५ वर्षीय नन्दा भट्टराई र जोनपुरा जैशी, ओडानखु बस्ने प्युठानका व्यूरा सिंह तथा जुम्ला गोठीचौरका १९ वर्षीय वसन्त बुढा, कालिकाखेतुका ४८ वर्षीय नयाँ शाही एवं नन्द गाविसका भैरव रावतलगायतलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
सुर्खेतबाट जुम्ला जाँदै गरेको ना ४ ख ८६७७ नम्वरको यात्रु बाहक वस गएराति (सोमवार राति) करिव पौने बाह्र बजे कालीकोटको पाखा गाविसस्थित विर्तामोड भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको खबर थाहा पाउना साथ प्रहरीको उद्धार टोली त्यस तर्फ गएको थियो ।
विर्तामोडमा मोड्ने क्रममा ब्याक गर्दा बस सडकबाट करिव पाँच सय तल तिला नदीमा खसेको थियो ।

प्रतिक्रिया