आयोजक भ्याली भ्युलाई सफलता

काठमाडौं : आयोजक भ्याली भ्यु इङलिस स्कुलले जारी भ्याली भ्यु अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा पहिलो सफलता हात पारेको छ । सोमबार भएको खेलमा आयोजक विद्यालयले साइपल एकेडेमीमाथि ४५–२६ स्कोरले पाखा लगाएको हो । आयोजकलाई जिताउन सागर भट्टले एक्लै २१ स्कोरको योगदान दिएका थिए ।
उता अर्को खेलमा राराहिल स्कुलले पनि वृहस्पति स्कुलमाथि ४६–२४ स्कोरको जित हात पार्‍यो । राराहिलको जितमा हिमाल तामाङले २६ स्कोरको योगदान दिए । यो जितसँगै राराहिल क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । त्यस्तै आइडियल मोडलले अलकापुरीमाथि ५३–२१ को जित निकालेको छ । आइडियलका लागि छेवाङ विष्टले १९ स्कोर गरे । न्यु समिटले रातो बंगलालाई ४१–२४, स्वकमोरले स्तब्ध पार्‍यो । समिटका लागि दीपक भट्टराईले १० स्कोर गरे । एपेक्स लाइफले पनि नेपाल आइडियलमाथि २४–१८ स्कोरले पछि पार्दा पुष्पसदन स्कुलले रिभेरालाई ४५–२६ स्कोरले पछि पार्‍यो । जेनिथ स्कुलले पनि साउथ प्वाइन्टमाथि ४८–२० स्कोरको जित हात पारेको छ । प्रतियोगिता आयोजक भ्याली भ्युको पुरानो बानेश्वरस्थित विद्यालयको प्राङ्गणमा भइरहेको छ । (सौस)

प्रतिक्रिया