क्रिकेट खेलाडीलाई कोइरालाको बधाई

काठमाडौं, २५ भदौं । कांग्रेस सभापति सुशील कोइरालाले नेपाली क्रिकेट टिमले आज प्राप्तगरेको उपलब्धिका टिम र सबै खेलाडी बधाई दिएका छन् ।
क्रिकेट टिमले विश्व क्रिकेट लिग डिभिजन चारको फाइनल खेलमा आज अमेरिकी टिममाथी विजयी प्राप्त गरी नेपालको गौरव बढाएको बताएका छन् । उनले नेपालको जितबाट आफू प्रशन्न भएको कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
देशलाई गौरव बनाउने युवा क्रिकेट खेलाडीहरुको सफलताबाट सबै प्रेरित भएको उनले बताए ।
‘देशलाई चिनाउन खेल, कला, संस्कृतिको महत्वपूर्ण भूमिका हुन्छ,’ भनेका छन्, ‘क्रिकेट खेलाडीहरुले नेपालको गौरव बढाउने काम गरेर सबै नेपालीलाई गौरवान्वीत तुल्याएका छन् ।’

प्रतिक्रिया