दाहाललाई खुशी बनाउन विद्यालय बन्द

चितवन, २५ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको स्वागतका लागि आज चितवनका सम्पूर्ण सामूदायिक तथा निजी विद्यालय बन्द भएका छन् ।
चितवनमा करिव साढे ३ सय सामूदायिक तथा डेढ सय निजी विद्यालय छन् । एमाओवादी अध्यक्ष दाहालको स्वागतमा विद्यालय बन्द भए पछि डेढ लाख विद्यार्थीको पठन÷पाठन प्रभावित भएको छ ।
एमाओवादी निकट शिक्षक संगठन चितवनको छैटौं जिल्ला सम्मेलनमा दाहाल प्रमुख अतिथि बन्न आए पछि विद्यालय बन्द गरिएको हो ।
चितवनमा प्रावि, निमावि र मावि गरी जम्मा ३ सय ८८ सामूदायिक तथा १ सय ६६ निजी÷संस्थागत विद्यालय छन् ।
सामूदायिक र संस्थागत दुबैमा ७५ हजार ९ छात्रा र ७१ हजार एक सय ४४ छात्र गरी जम्मा १ लाख ४६ हजार १ सय ५३ जना विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङकमा उल्लेख छ ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैटौंलगायतले संयुक्त विज्ञप्ति जारी गरेर विद्यालय बन्दको गरिएकोमा विरोध जनाएका छन् ।

प्रतिक्रिया