विवाद मुक्त हुन सकेन युरोप शाखा

बेल्जीयम । पत्रकार महासंघ युरोप शाखामा पुनः विवाद उत्पन्न भएको छ । शाखाले केही पत्रकारलाई सदस्यता नदिए पछि विवाद उत्पन्न भएको हो ।
प्रजातान्त्रिक विचारधाराका पत्रकारलाई कार्यसमितिमा जिताउनु पर्ने भन्दै कांग्रेसले दिएको शुभकामना पत्र र केही पत्रकारलाई सदस्यता नदिने शाखाको निर्णय पछि विवाद झनै बढेको पत्रकारहरुको आरोप छ ।
कांग्रेसले आफू निकट पत्रकारलाई जिताउन युरोपस्थित आफ्नो शुभेच्छुक संस्थालाई पत्र लेखेपछि पत्रकारहरुवीच असन्तुष्टी बढेको हो ।
कांग्रेसको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस समर्थकलाई विजयी गराउनु ।’
युरोपको शुभेच्छुक संस्थालाई कांग्रेसले लेखेको पत्रले पत्रकारहरुको अधिवेशनलाई हस्तक्षेप गरेको केही पत्रकारहरुको गुनासो छ ।
यसैवीच, युरोप शाखाले आवश्यक कागजत पत्र नपुगेको भन्दै तेजबहादुर नेपाली र महेन्द्र पौडेललगायतलाई सदस्यता दिन अस्विकार गरेको छ । शाखाले सदस्यताका लागि उनीहरुको दायरा नपुगेको जनाएको छ ।
अधिवेशनलाई लिएर महासंघका अध्यक्ष गाउँलेले भने, ‘युरोपमा सी ग्रेडको राजनीति हुने रहेछ ।’

प्रतिक्रिया