लेनदेन विवादमा मुछिए एसएसपी

काठमाडौं, २५ भदौ । नेपाल प्रहरीका एसएसपी नवराज सिलवाल क्षत्री समाज नेपाल सिन्धुपाल्चोकका अध्यक्ष शम्भु भनिने गुनबहादुर थापासितको आर्थिक लेनदेन विवादमा मुछिएका छन् । बिहीबार प्रहरीले लागुऔषध कारोबारको आरोपमा थापालाई पक्राउ गरेपछि विवाद सार्वजनिक भएको हो ।
लागुऔषध कानुन कार्यान्वयन इकाइबाट गएको प्रहरी टोलीले आइतबार उनलाई पक्राउ गरेको थियो । लेनदेन विवाद दबाउन झुटो आरोपमा जबर्जस्ती हिरासतमा लिएको आरोप समाजका पदाधिकारीले लगाएका छन् । समाजका सचिव हरिबहादुर कार्कीका अनुसार थापालाई इकाइबाट खटिएका टोलीले बा.१झ७८७० नम्बरको गाडीमा टेकुस्थित आर्किड होटलबाट आइतबार बिहान ११ बजे हिरासतमा लिएको थियो । इकाइका एससएसपी सिलवालले भने गिरºतारीप्रति अनभिज्ञता दर्शाएका छन् ।
‘पक्राउबारे मलाई थाहा छैन म छुट्टीमा थिएँ,’ उनले सौर्यसँग भने । यद्यपि, इकाइ स्रोतका अनुसार उनी आइतबार कार्यालयमै थिए ।
एसएसपी सिलवाल र थापा घरजग्गा कारोबारका साझेदार रहेको कार्कीले बताए । घरजग्गा कोरोबार गर्ने सन्दर्भमा एसएसपी सिलवालसँग थापाले पटक–पटक गरी तीन करोड एक लाख ५० हजार रुपियाँ लिएको उनको भनाइ छ । सिलवाललाई पटक–पटक गरी ब्याज मात्रै ४ करोड ४६ लाख रुपियाँँ चुक्ता गरेको दाबी थापाले गरेका छन् । तर, सिलवालले थापासँग अझै ३ करोड ४० लाख रुपियाँ ब्याज तिर्न बाँकी छ भन्दै साँवा र ब्याज गरी आठ करोड १६ लाख रुपियाँ रकम माग्दै आएको थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘यही तथ्य सार्वजनिक हुने सुइँको पाएपछि एसएसपी सिलवालले इकाइका प्रहरी कर्मचारी खटाई थापालाई पक्राउ गरिएको हो,’ सचिव कार्कीले भने, ‘रिपोर्टर्स क्लबमा १ बजे पत्रकार सम्मेलन गरी यसबारे सार्वजनिक गर्ने तयारी थियो, त्यसको तयारीका लागि हामी आर्किड होटलमा थियौँ । बाहिर निस्कँदा सिभिलमा प्रहरी बसिरहेका रहेछन् । उनीहरूले थापासहित सहयोगी दुर्गा कुमाल र गाडीचालक मनोज थापालाई गाडीमा हालेर लगे । गाडी पछ्याउँदै जाँदा लागुऔषध कानुन कार्यान्वयन इकाइ परिसरमा प्रवेश गर्‍यो ।’
कार्कीले सौर्यलाई थापा र सिलवालबीच भएको भनिएको लेनदेनको विवरण उल्लिखित नोटको फोटोकपी उपलब्ध गराएका थिए । नोटमा उल्लेख भएअनुसार थापा र सिलवालबीच २६ मंसिर ०६६ मा पहिलो कारोबार भएको देखिन्छ । प्रतिमहिना नौ लाख रुपियाँ ब्याज बुझाउने सर्तमा सिलवालले थापालाई एक करोड रुपियाँ दिएको नोटमा छ । त्यस्तै, सिलवाल र थापाबीच अर्को कारोबार भने १४ माघ ०६६ मा भएको देखिन्छ । त्यसबेला थापाले सिलवालसँग दुई करोड रुपियाँको प्रतिमहिना १२ लाख ब्याज दिने सर्तमा रकम लिएका थिए ।
नोटबुकमा उल्लेख भएअनुसार ०६८ जेठसम्म सावाँ मात्रै तीन करोड ४० लाख रुपियाँ सिलवाललाई तिर्न बाँकी रहेको देखिन्छ । समाजका सचिव कार्कीले नोटमा सबै विवरण सिलवाल आफँैले लेखेको दाबी गरेका छन् । थापाले तयार पारेको प्रेस विज्ञप्तिमा पनि सिलवालसँग ३ करोड १ लाख ५० हजार रुपियाँ लिएको, त्यसको ब्याज मात्रै ४ करोड ७६ लाख रुपियाँँ भुक्तान गरिएको उल्लेख छ ।
यता, एसएसपी सिलवालले भने थापालाई आफूले प्रत्यक्ष नचिनेको र उनीसित आºनै कुनै पनि कारोबार नरहेको दाबी गरेका छन् । उनले सौर्यसँग भने, ‘मैले त्यो नाम भएको व्यक्तिलाई चिनेको पनि छैन र एक पैसा दिएको पनि छैन ।’ आफूलाई बदनाम गर्न खोज्ने तत्त्वहरूले यो प्रपोगान्डा मच्चाएको उनको भनाइ छ ।
थापाको विज्ञप्तिमा सिलवालले रकम उठाउन विभिन्न व्यक्तिलाई फोन गर्न लगाई धम्की दिने तथा प्रहरी परिचालन गरी डर, त्रास देखाउने समेत गरेको उल्लेख छ । विज्ञप्तिमा ‘नवराज सिलवालक्षत्री समाज नेपाल सिन्धुपाल्चोकका अध्यक्ष शम्भु थापाद्वारा लेनदेन विवाद सार्वजनिक गर्न लाग्दा आफूलाई पक्राउ गर्न लगाएको दाबी
एसएसपी सिलवाल भन्छन्, ‘शम्भु थापा नामको व्यक्तिलाई म चिन्दिनँ, कुनै लेनदेन पनि छैन ।’
लेनदेन विवादमा मुछिए एसएसपी२ करोड बराबरको चल–अचल सम्पत्ति फिर्ता गरिनुपर्ने, व्यावसायिक कारोबारको सिलसिलामा म लगायत मेरा परिवार तथा साझेदारबाट डिपोजिट रहेको कपाली तमसुकको कागज, बैंक चेक निजलाई दिनुपर्ने’ लगायत माग राखिएको छ ।

प्रतिक्रिया