वीपीका बिचार नमान्ने समाप्त हुन्छन्

बाग्लुङ, २४ भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वीपीका विचारलाई अवमूल्यन गर्ने राजनीतिक दलहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् ।
बाग्लुङ कांग्रेसले वीपी जयन्तीका अवसरमा आज मालढुङ्गामा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा उनले प्रजातन्त्र नमान्नेहरु ढिलो चाडो समाप्त हुने बताए ।
एमाओवादीप्रति लक्षित गर्दै वीपीका विचार नमान्दा राणा र राजा कहिल्यै शिर उठाउन नसक्ने गरी असफल भएको उल्लेख गर्दै कोइरालले एमाओवादी पनि त्यही बाटोमा लागे विलिन भएर जाने बताए ।
‘असल विचार र बाटो सबैका लागि मान्य हुन्छ,’ उनले भने, ‘वीपीका विचार कहिल्यै पनि कमजोर हुने छैन ।’

प्रतिक्रिया