सडक अबरोध गर्ने र प्रहरीवीच झडप

काठमाडौं, २३ भदौ । सडक दुर्घटनामा एक जना पैदल यात्रुको मृत्यु भएपछि अवरुद्ध सडक खुलाउने क्रममा काठमाडौंमा झडप भएको छ । झडपमा दुई जना प्रदर्शनकारी घाईते भएका छन् ।
प्रहरीले झडपमा संलग्न एक जनालाई पक्राउ समेत गरेको छ । महादेवस्थान गुर्जुधारा–७ बस्ने ५५ बर्षीय पैदल यात्री रणबहादुर रानाको माईक्रोबसको ठक्करबाट आज विहान मृत्यु भए पछि स्थानीयले सडक अवरोध गरेका थिए ।
काठमाडौंबाट तनहुँतर्फ जादै गरेको बा.३ ख १०३२ नम्वरको माईक्रो बसले ठक्कर दिदा घाईते रानाको उपचारका क्रममा मृत्यु भए पछि स्थानीयले क्षतिपूर्ति माग गरेर सडक अबरोधको प्रयास गरेका हुन् ।
स्थानीयको अवरोध पछि बन्द रहेको सडक खुलाउने क्रममा अभद्र व्यवहार गर्ने बुद्धी नाम गरेका व्यक्तिलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अवरोध सडक प्रहरीले सामान्य बल प्रयोग गरी खुलाए पछि रोकिएका सवारी साधन र यात्रु गन्तव्य तर्फ लागेका थिए । सो क्रममा केही समय तनाव भएको थियो ।

प्रतिक्रिया