प्रहरीलाई अभद्र व्यवहार गर्ने पक्राउ

काठमाडौं, २१ भदौ । डिउटीमा रहेका ट्राफिक प्रहरीलाई अभद्र व्यवहार गर्ने एक चालकलाई प्रहरीले आज काठमडौंमा पक्राउ गरेको छ ।
भारतीय नम्वर प्लेट वि.आर ०१ पिए ३०६० नम्वरको गाडी चालक बल्खु बस्ने बिनोद कुमार महतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सर्लाही जिल्ला बरहवा–५ घर भएका ३२ बर्षीय महतले ट्राफिक नियम उलंघन गरेपछि विवाद बढेको थियो ।

प्रतिक्रिया