न्याम्सको ताला अझै खुलेन

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यालयमा लगाइएको ताला तत्काल खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि आन्दोलनरत पक्षले भने तीन दिन बित्दा पनि आदेशको पालना गरेका छैनन् ।
सर्वोच्चले सोमबार अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कुनै किसिमको बाधाअड्काउ हुन नहुने भन्दै तत्काल ताला खोल्न आदेश दिएको थियो । तर, अदालतको आदेशको अपहेलना गरी न्याम्समा ताला लगाउने संगठनले बुधबार पनि नखोलेका हुन् । न्याम्सका रेक्टर डा. श्रीकृष्ण गिरी र वीर अस्पतालको ग्यास्ट्रो विभागका डा. जैनेन्द्र चौधरीबीचको विवादपछि एमाओवादीनिकट कर्मचारी संगठनले १२ गते न्याम्स कार्यालयमा तालाबन्दी गरेका थिए । (सौस)

प्रतिक्रिया