अपांगभत्तामा अनियमितता

राजविराज, २१ भदौ । सप्तरीका गाविस सचिवहरूले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत अपाङ्गको भत्तामा अनियमितता गरिरहेको खुलासा भएको छ ।

त्रिकौल गाविसका अपाङ्गहरूले सचिव मोहम्मद कासिम मियाले आफूहरूलाई भत्ता नदिएको गुनासो गरेपछि अनियमितताको खबर बाहिर आएको छ । सचिवले आफूहरूको भत्ता तथा गाविसको विकास निर्माणका लागि आएको रकम अनियमित तरिकाले खर्च गरेको त्रिकौलका अर्जुन खङले आरोप लगाएका छन् । ट्रयाक्टर दुर्घटनामा एउटा खुट्टा गुमाएका खङले एक वर्षदेखि प्रयास गर्दा पनि सचिवले भत्ता नदिएको आरोप लगाए ।
सचिवले भत्ता नदिएपछि मंगलबार खङले जिल्ला विकास समितिमा समेत उजुरी गरेका छन् । वैशाखी टेकेर सदरमुकाम राजविराज आइपुगेका उनले गाविस सचिवले सधँै आश्वासन मात्र दिने तर काम नगरिदिएको बताए । उनी त्रिकौल गाविस अपाङ्ग समूहका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया