एचआईभि संक्रमित कैदीको मृत्यु

चितवन, २० भदौ । चितवनको भरतपुर कारागारमा एचआईभि संक्रमित एक जना कैदीको उपचारका क्रममा आज मृत्यु भएको छ ।
कपिलवस्तु कारागारबाट भरतपुर कारागार अड्डासार भई आएका कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहेका अर्घाखाँची जिल्ला छिमिङ–४ घर भएका ४९ बर्षीय भुपेन्द्र कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी एचआईभि, टिवि र जण्डिस रोगले ग्रस्त भएपछि उपचारका लागि सोमबार जिल्ला अस्पताल भरतपुर लगिएको थियो ।

प्रतिक्रिया