प्रेमिकाको बिहे अर्कैसँग भएपछि …

नयाँदिल्ली : आफ्नी केटी साथी (गर्लफ्रेन्ड) को जबर्जस्ती अर्कैसँग विवाह गरिदिएपछि विक्षिप्त भएका एक युवकले सोमबार नयाँदिल्लीमा ती केटी साथी र उनका परिवारसहित पाँचको हत्या गरेका छन् । रवि नामका ती २५ वर्षीय युवकले अत्याधुनिक बन्दुकले ती केटीसाथी र उनका श्रीमान्लाई सुरुमा गोली प्रहार गरी हत्या गरेका थिए । त्यसपछि उनले केटी साथीका बाबु र बहिनीको पनि हत्या गरेको बताइएको छ । आफ्नी पूर्वकेटीसाथीलाई आफूसँग विवाह गर्न नदिएको झोँकमा उनले यसअघि पनि केटीका आमाबुबासँग सामान्य रूपमा भनाभन गर्ने गरेको बताइएको छ । सोही रिसमा उनले आज उक्त हत्या गरेको बताइएको छ । ती केटीसँग विवाह गर्न नपाएकोमा केटीका परिवारसँग उनी निकै रिसाएको बताइन्छ ।
करिब एक वर्षअघि नै विवाह गरेको भए पनि हालसम्म पनि ती केटीसाथीसँग उनको सम्बन्ध रहँदै आएको र सो सम्बन्धबारे केटीका बुबाआमाले कुरा काट्ने गरेकाले उनी रिसाएका थिए । हातमा बन्दुक लिएर केटीको घरदेखि उसको माइतीसम्म पुगेर हत्या गरेको जानकारी भारतीय समाचार समिति प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । आफूलाई सो साथीसँग विवाह गर्न नदिएकोमा केटीका माइतीसँग ती युवक निकै रिसाएको जानकारी आफूहरूले पनि पाएको एकजना वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् । यो हत्यापछि उसले आफ्नो पनि हत्या प्रयास गरेको बताइएको छ । ‘उसले आपैँmमाथि पनि गोली चलाएको थियो,’ ती प्रहरी अधिकारीले जानकारी दिए । तर, ती युवकको अवस्थाका बारेमा भने थाहा हुन सकिरहेको छैन । उसको पनि मृत्यु भए वा नभएको बारेमा समाचारमा खुलाइएको छैन । भारतीय आमाबाबुहरू आफ्ना छोराछोरीका लागि आपैँm केटाकेटी छान्ने गर्दछन् । तर, आर्थिक समृद्धिसँगै भारतमा पनि केटा र केटीका बीचमा हुने प्रेमविवाहको प्रचलन वृद्धि भइरहेको छ ।
यसरी आमाबाबुले नै आवश्यक वरबधु रोज्ने र व्यवस्था गर्ने गर्नाले उनीहरूलाई थाहै नदिईकन केटाकेटीले आपसमा मन पराउने र विवाह गर्ने प्रक्रियाले उनीहरूलाई यस्तै आपराधिक क्रियाकलापमा पनि उन्मुख गराउने गरेको पाइन्छ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले रविले अत्याधुनिक बन्दुक लिएको र अर्काे पनि खतरनाक हतियार आफ्नो साथमा रहेको पाइएको समाचारमा जनाइएको छ । भारतमा सर्वसाधारण नागरिकले यस्ता शक्तिशाली हतियार राख्ने अनुमति लिन निकै कठिन छ । (एएफपी)

प्रतिक्रिया