५२ हजार चाईनिज नोट बरामद

डोल्पा, १९ भदौ । डोल्पा जिल्लामा प्रहरीले ५२ हजार चाईनिज रुपियाँ सहित एक जनालाई पक्राउ गरेको छ ।
जुफाल–७ बस्ने ३१ बर्षीय खिमराज पुनलाई प्रहरीले सोमबार चाईनिज नोट सहित पक्राउ गरेको जनाएको छ ।
जुफाल बिमानस्थलमा नेपालगंज जान लागेका पुनलाई चेकजाँच गर्दा चाईनिज नोट सहित पक्राउ गरेको प्रहरी भनाई छ ।
बरामद चाईनिज नोटमा १ सयको ४ सय थान, ५० को २ सय ५९ थान र १ को २ थान गरी ५२ हजार ९ सय ५२ रुपियाँ छ ।

प्रतिक्रिया