पदत्याग नगर्दासम्म निकास आउँदैन

काठमाडौं, १९ भदौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले वरिष्ठ नेता केपी ओलीवीच आज भेटबार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा भएको भेटबार्ताका क्रममा मुलुकको पछिल्लो राजनीतिक गतिरोधको निकासका बारेमा छलफल भएको हो ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले नेता ओलीले गतिरोध अन्त्यका बारमा कांग्रेस सभापतिसँग परामर्श भएको बताए ।
उनले भने, ‘सहमति खोज्ने बारेमा कुराकानी भएको हो ।’
कोइलारालका प्रेस सल्लाहाकार विपुल पोखरेलका अनुसार मुलुकको गतिरोध छिटो अन्त्य गर्ने बारेमा दुई नेतावीच परामर्श भएको बताए ।
सभापति कोइराला र नेता ओलीवीच राजनीतिक गतिरोध अन्त्यका लागि कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग नगर्दासम्म एमाओवादीले अघि सारेका बिल्पमा जन नसकिने सहमति भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले पदत्याग गरेर मार्ग प्रसस्त गरे पछि संविधानसभा पुनःस्थापना गर्ने वा नयाँ निर्वाचनमा जाने भन्ने विषयमा छलफल गर्न सकिने छ ।
भदौं महिना भित्रै राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरुले प्रयास गर्ने सहमति गरेको केही समय लगत्तै आज सभापति कोइराला र नेता ओलीवीच भेटबार्ता भएको हो ।

प्रतिक्रिया