भ्याली पब्लिक र बाबा च्याम्पियन

काठमाडौं : आयोजक भ्याली पब्लिक गल्र्स तथा बाबा बोर्डिङ स्कुल ब्वायजतर्फ सातौँ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् ।
गल्र्सको फाइनलमा भ्याली पब्लिकले वाग्मतीलाई ३८–१६ ले पराजित गर्‍यो । विजेताका सोनी वाइबा र सुजिता थापाले समान १५ अंक जोडे । डयाफोडिलले यङहर्टलाई २६–२५ को झिनो अन्तरले हराउँदै तेस्रो भयो । विजेताकी डोली तामाङले १२ अंक जोडिन् ।
ब्वायजको उपाधि भिडन्तमा बाबाले साविक विजेता टिआइएलाई ४१–३९ को साँघुरो अन्तरले पाखा लगायो । बाबाका विशाल रञ्जितले १३ अंक जोडे । तेस्रो स्थानका लागि भएको खेलमा हिम्सले भ्याली पब्लिकलाई ४२–३६ ले हरायो । विजेताका दावाजंग शेर्पाले १४ अंक बटुले ।
ब्वायजमा टिआइएका केसाङ ठकुरी तथा गल्र्समा भ्याली पब्लिककी सोनिया लिम्बू ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वायजमा सोहन तामाङ तथा गल्र्समा जेनिशा गुरुङ उत्कृष्ट थ्री प्वाइन्टर बने । दुवै भ्याली पब्लिकका हुन् ।
प्रतियोगिताभर ब्वायजमा १३६ अंक जोडेका बाबाका मुकेश बानियाँ तथा गल्र्समा ८७ स्कोर गरेकी वाग्मतीकी शान्ति श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङ तथा आयोजकका संस्थापक प्रधानाध्यापक कृष्णबहादुर अधिकारीले पुरस्कार वितरण गरेका थिए । ५ भदौदेखि सुरु प्रतियोगिताको ब्वायजमा ४० तथा गल्र्समा २४ टिम सहभागी थिए । (सौस)

प्रतिक्रिया