लडाकुले तीन अर्व ६२ लाख बुझे

काठमाडौं, १८ भदौ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले हालसम्म स्वेच्छिक अवकाश रोजेका माओवादीका लडाकुकालाई तीन अर्ब ६२ करोड ८५ लाख रुपियाँ वितरण गरिसकेको जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा समायोजन प्रक्रियाका क्रममा १३ हजार ९ सय २२ जना लडाकुका लागि सो रकम वितरण गरिएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सूचना अधिकारी दामोदर भण्डारीले जानकारी दिए ।
उनले शिविरबाट विदाई भएका लडाकुहरुलाई प्रति लडाकु हिमाली क्षेत्रका लागि आठहजार, पहाडी क्षेत्रका लागि ५ हजार र तराई क्षेत्रका लागि दुइहजार रुपियाँ छुट्टै बाटो खर्चवापत उपलब्ध गराइएको पनि बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव कबिराज खनालले गोरखा, झापा, पर्सा, बाँके, कालिकोट र दैलेखमा देखिएको भाइरल ज्वरो नियन्त्रणका प्रभावकारी कदम चालिएको बताए । उनले हालसम्म ३ सय ५० जनाको उपचार भइसकेको उल्लेख गरे ।

प्रतिक्रिया