आक्कलझुक्कल यौनसम्बन्ध खतरनाक

नियमित यौनसम्पर्कले मानिसलाई फाइदा गर्ने कुरा त विभिन्न अनुसन्धानले बताइसकेका छन् । तर, आक्कलझुक्कल गरिने यौनसम्पर्कले भने बेफाइदा पुग्ने एक अनुसन्धानले देखाएको छ । त्यस किसिमको आक्कलझुक्कल सम्बन्धमा रहनेहरूका लागि हृदयघातसम्मको समस्या आउन सक्ने अनुसन्धानले देखाएको हो । हावर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको लामो समयको अनुसन्धानले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो ।
यो निष्कर्षमा पुग्नुअघि अनुसन्धानकर्ताले धेरै पुराना अनुसन्धानपत्रको अध्ययन गरे । जसमा उनीहरूले पाए– यौनसमागम कहिलेकाहीँ गर्ने वा व्यायाममा अनियमित हुनेहरूलाई हृदयघातबाट मृत्यु हुने जोखिम अढाई गुणासम्म बढी हुन्छ । यसविपरीत नियमित स्वस्थ यौनसम्पर्कमा संलग्न हुनेहरूलाई मुटुरोग लाग्ने सम्भावना अन्यको दाँजोमा आधा कम हुन्छ । एक जर्नलमा प्रकाशित उक्त अध्ययनका लागि अनुसन्धाताले यसबारेका १४ भन्दा बढी पुराना अनुसन्धानको विश्लेषण गरेका थिए । उनीहरूको विश्लेषण हृदयघातका कारण पत्ता लगाउनमा केन्द्रित थियो । अनुसन्धानमा ज–जसलाई हृदयघातको जोखिम कम भएको पाइयो, उनीहरू शारीरिक वा सेक्सुअल गतिविधिमा बढी संलग्न थिए ।
अनुसन्धानमा पाइएअनुसार मुटुसम्बन्धी खतरालाई सबै प्रकारका शारीरिक गतिविधिले ३.५ गुणा र यौनसम्पर्कले २.७ गुणासम्म कम गर्छन् । कसैलाई मुटुसम्बन्धी समस्या छ भने पनि नियमित शारीरिक गतिविधि वा सहवासले न्यून गर्न सकिन्छ ।

प्रतिक्रिया