पेट्रोलियमको भाउ बढ्यो

काठमाडौं : सरकारले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आइतबार प्रतिलिटर पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा ४ र ग्यासमा प्रतिसिलिन्डर ५५ रुपियाँ बढाएको हो ।
बढ्दो घाटा पूर्तिका लागि मूल्य बढाइएको निगम स्रोतको भनाइ छ । निगमको मासिक घाटा १ अर्ब १७ करोड ५१ लाख रुपियाँ छ । आइतबारको यो मूल्यवृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय २५, डिजेल र मट्टीतेल ९७ र ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय ७० रुपियाँ पुगेको छ । (सौस)

प्रतिक्रिया