जीप दुर्घटनामा दुईको मृत्यु

दाङ, १७ भदौं । दाङको तुल्सीपुर नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
तुल्सीपुर नगरपालिका–१ मा रा. १ च ३५२ नम्वरको जीप आज विहान एक बजे सडकबाट अंदाजी २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सल्यान जिल्ला धनवाङ्ग–७ बस्ने २७ बर्षीय सुरेश रहमान र १६ बर्षीया कल्पना खड्का रहेका छन् ।
दुर्घटनामा २ जना घाइते भएका छन् । उनीहरुको राप्ती अंचल अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया