महंगी नियन्त्रण गर्न माग गरेर प्रदर्शन

काठमाडौं, १७ भदौं । अखिल नेपाल महिला संघले मूल्य बृद्धि नियन्त्रण र भ्रष्टाचार अन्त्यको माग गरेर आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारीलगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको विरोध गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको संघले जनाएको छ ।
प्रशासन कार्यालयको अगाडि भएको धर्ना र प्रदशनका कारण केही समय बबरमहल क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो ।
धर्नाका क्रममा संघका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया