सौर्यकर्मी गिरी सम्मानित

काठमाडौं : सौर्यकर्मी कुवेर गिरी सम्मानित भएका छन् । दहचोक एकता क्लबले शनिबार आयोजना गरेको पत्रकार तथा विद्यार्थी सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन् । सम्मानित हुने अन्य पत्रकारमा पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका पूर्वअध्यक्ष हरि लम्साल, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, महासचिव लक्ष्मण सुवेदी, वासुदेव पौडेल, रवीन्द्र पौडल, राधाकृष्ण धिताल, भवानीशंकर ढुंगेललगायत छन्  । क्लबले पत्रकारिताको माध्यमबाट देशको विकासमा योगदान पुर्‍याएको भन्दै दहचोक एकता क्लब सम्मान २०६९ बाट सम्मानित गरेको हो ।
सम्मानितहरूका तर्फबाट लम्साल र गिरीले सम्मानबाट भविष्यमा अझ दत्तचित्त भएर आफ्नो जिम्मेवारीमा लाग्न हौसला मिलेको धारणा राखे ।
सोही कार्यक्रममा गायक कृष्ण बस्नेतको दहचोक यातायातमा आउ है गरौँ भेट नामक अडियो सिडी विमोचन गरिएको थियो भने चुनदेवी मावि तथा ऋचा शिक्षा सदनका विद्यार्थीले तीजगीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी दहचोक गाविसबाट यस वर्ष एसएलसी पास भएका विद्यार्थीलाई प्रशंसापत्रसमेत वितरण गरिएको थियो । कार्यक्रममा दहचोक एकता क्लबका अध्यक्ष रोशन दानीले आगामी दिनमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइरहने बताए । (सौस)

प्रतिक्रिया