आवश्यक परे जनमत संग्रहमा जाने

काठमाडौं, १६ भदौं । प्रमुख तीन दलका शीर्ष नेताहरुले मुलुकलाई निकास दिन सबै बिकल्पमा खुल्ला रहेर छलफल गरी प्याकेजमा सहमति खोज्ने निष्कर्षमा पुगेका छन् ।
काठमाडौंमा आज बसेको एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले सबै बिकल्पमा छलफल गर्ने निर्णय गरेको नेताहरुले बताए ।
आवश्यक परेमा सहमति हुन नसकेका नयाँ संविधानका विवादित विषयलाई जनमत संग्रहमा लैजान पनि शीर्ष नेताहरुले सहमति जनाएका हुन् । राज्य पुनःसंरचना, शासकीय स्वरुपमा दलहरुका वीच धेरै मत भिन्नता छ ।
संविधानका विवादित विषय, सहमतिको सरकार गठनलगायतमा प्याकेजमा सहमति खोज्ने बैठक पछि नेताहरुले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकले ठोस निर्णय भने गर्न सकेन ।
भदौं महिना भित्रै सहमति खोज्ने जनाएका शीर्ष नेताहरुले आगामी दुई दिन भित्रै निकास खोज्ने तयारीका साथ छलफल भईरहेको नेताहरुको भनाई छ ।
यस अघि शुक्रबार पनि छलफल गरेका तीन प्रमुख दलले परामर्शहरु सकारात्मक रहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया