१५ सेकेन्डको पाँच करोड !

‘द डर्टी पिक्चर’ मा अद्भुत अभिनय गरेपछि विद्या बालनको ज्याला आकासिएको छ । अहिले उनी फिल्ममा अभिनय गरेबापत मोटो रकम असुल्छिन् । विज्ञापनमा देखिएबापत उनले असुल्ने रकम पनि सानो छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार १० देखि १५ सेकेन्ड लामो एउटा विज्ञापनका लागि उनले पाँच करोड असुलेकी छन् । साडीको विज्ञापनमा देखिएबापत उनले सो रकम असुलेकी हुन् । साडी कम्पनीलाई यस्तो अभिनेत्रीको खोजी थियो, जसले तन्नेरी युवती र ‘ट्रेडिसनल’ महिला दुवैलाई समेट्न सकोस् । यस्तो अवश्यकता विद्याबाहेक अरू कसले पो पूरा गर्न सक्थ्यो र †
साडी कम्पनीका एक अधिकारीले भने, ‘भारतीय युवतीको प्रतिनिधित्व गर्ने युवती हुन् विद्या ।’ सभासमारोहमा अन्य अभिनेत्री तडकभडक लुगा लगाएर सहभागी हुने गरे पनि विद्या त्यस्ता अधिकांश कार्यक्रममा साडी लगाएर उपस्थित हुने गरेकी छन् । (एजेन्सी)

प्रतिक्रिया