रोल्पाका दुई युवती बर्दियामा पक्राउ

बर्दिया, १५ भदौं । बर्दिया जिल्लामा प्रहरीले रोल्पा जिल्लाका दुई युवतीलाई छ किलो चरेस सहित पक्राउ गरेको छ ।
रोल्पा जिल्ला गैरीगाउँ–२ बस्ने २४ बर्षीया तारा भन्ने दुर्गा बुढा र सोही ठाउँ बस्ने २२ बर्षीया सीता पुन मगरलाई लागूऔषध ६ किलो चरेश सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले उनीहरुलाई बिहीबार बेलुका कालिका–८, तीनकौनाबाट चरेश सहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया