गटबन्दी गर्ने नेतालाई पार्टी छाड्न सुझाव

काठमाडौं, १५ भदौ । एमाले सचिव युवराज ज्ञवालीले गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भन्दै पार्टी छाडेर जान सुझाव दिएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले गटबन्दीले समग्र मुलुकलाई नै प्रभावित पार्ने भएकाले सो कार्य तत्काल बन्द गर्न आग्रह गरे । उनले गुटबन्दीको राजनीति छाडेर पार्टी एकता गर्न सुझाव दिए । ‘अहिले केही जनजातिका नेताहरुले गुटबन्दी गरेर पार्टी कमजोर बनाउने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘यसले पार्टीलाई आघातमात्रै पुराउँछ ।’
जनजाति नेताहरु फर्केर एमालेमा आउन आग्रह गरेका सचिव ज्ञवालीले अन्यथा पार्टी त्यागेर जान सुझाव दिए । उनले भने, ‘गुटबन्दीरहित एकताबद्ध एमाले बनाउन सबै पक्ष एकजुट हुनसक्नुपर्छ ।’

प्रतिक्रिया