ससको बोतलभित्र फलामको काँटी

प्युठान, १५ भदौ । प्युठानको सदरमुकाम खलंगास्थित एक पसलमा ससको बोतलमा फलामको काँटी भेटिएको छ ।
खलंगाका व्यापारी दिनेश श्रेष्ठको पसलमा रहेको ससमा फलामको काँटी भेटिएको हो । उनले ग्राहकलाई सस बेच्ने क्रममा म्याद नाघेको हेर्न खोज्दा फलामको किला फेला पारेका हुन् । डियुआरके कम्पनीले उत्पादन गरेको सस उत्पादक कम्पनीको नाम रिजाल टासी कम्पनी सुनसरी, इटहरी उल्लेख छ तर सम्पर्क नम्बर छैन ।
सस २०१२ को फे ब्रुअरीमा उत्पादन भएको र २४ महिनासम्म प्रयोग गर्न उपयुक्त हुने स्टिकरमा बताइएको छ । बुटवलका थोक व्यापारीले खलंगामा ससको निर्यात गर्दै आएका छन् । दुई सय ग्रामको ससको बजारमूल्य ५० रुपियाँ उल्लेख छ । अखाद्य वस्तु मिसिएको खाद्यपदार्थको उत्पादक कम्पनीले आफ्नो सम्पर्क नम्बरसमेत नदिएर उपभोक्तालाई ढाँटेका छन् ।

प्रतिक्रिया