पहिरोले पुरिएर दुईको मृत्यु

काठमाडौं, १४ भदौं । नुवाकोट र कास्कीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने कालीकोटमा एक जनालाई खोलाले बगाएको छ ।
नुवाकोट जिल्लाको चतुराले–३, भाङवारी बस्ने ४७ बर्षीय होमबहादुर तामाङको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज विहान सवा ६ बजे पहिरो खसेर घर पुरिदा उनको मृत्यु भएको हो । घरमा रहेका लत्ताकपडा र अन्य सरसामान समेत करिव २ लाख ३९ हजार रुपियाँ बराबरको क्षती भएको छ ।
यता, कास्कीको सराङकोट–८, गोठानी बस्ने सूर्यबहादुर गुरुङको घर पहिरोले पुरिदा उनका छोरा गौतम गुरुङको मृत्यु भएको छ । उनको घर आज विहान साढे ५ खसेको पहिरोले पुरिएको थियो ।
यता, कालीकोट जिल्लाको मेलमुडी–७ बस्ने ५२ वर्षीय लाले सुनारलाई खोलाल बगाउँदा डूबेर मृत्यु भएको छ । उनलाई आज विहान ९ स्थानीय शान्तीघाट लामावगर खोलाले वगाएको थियो ।

प्रतिक्रिया