पुर्पक्षका लागि थुनामा राख्न आदेश

सिन्धुपाल्चोक, १४ भदौ । सिन्धुपाल्चोकको ठूलोपाखर–८, टिमुरेकी ८५ बर्षीया न्याउली माया तमाङको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
अदालतले हत्यामा संलग्न थुम्पाखर–८ का लोकबहादुर थापा र ठूलोपाखर–२ का भकाने भनिने बुद्धीमान तमाङलाई पुर्पक्षका लागि थुनामा राख्ने आज आदेश दिएको हो ।
अदालतले अभियुक्त थापा र तामाङलाई ज्यान मार्ने महलको १३ (१) र चोरीको १४ (२) का अनुसार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको न्यायाधीश दीपक प्रधानले जानकारी दिए ।
थापा र तामाङले दुई सातअघि छुरा प्रहार गरी बृद्धा न्याउलीको हत्या गरेका थिए ।

प्रतिक्रिया