नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा

हेटौंडा, १४ भदौ । एमाले निकट युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले पछिल्लो समय देशको विग्रदो अवस्थाका कारण अन्तर्राष्ट्रिय तस्करको अखडा बन्दै गएको बताएका छन् ।
उनले देशको पछिल्लो खस्कदो अवस्थाका कारण रक्सौंलपारी असुरक्षित महशुस गर्नेले अपराध गर्न नेपाल सुरक्षित ठान्ने गरेको बताए ।
हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बस्नेतले देशको विग्रदो अवस्थाका बिषयमा अन्तर्राष्ट्रिय अदालतमा पनि बहसको बिषय बनाउन आफूहरु लागिरहेको वताए । उनले नेपाललाई तस्करको अखडा बन्न नदिने बताए ।
पार्टीमा असन्तुष्ट केही नेता र साथीहरुले अझै पनि एमालेको भात खाएर एमाओवादीको गीत गाउँदै हिड्ने गरेको भन्दै उनले सो कार्य तत्काल रोक्न आग्रह गरे । मन्त्री पाउने आशमा एमालेका असन्तुष्ट नेताहरुले एमाओवादीको गीत गाएर ठूलो गल्ती गरिरहेको उनले बताए ।

प्रतिक्रिया