क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

भक्तपुर, १३ भदौ । नेपाल विद्यार्थी संघ भक्तपुर बहुमुखी क्याम्पस ईकाई समितिले क्याम्पस प्रमुख शंकरकुमार उपाध्यायको कार्यकक्षमा आज तालाबन्दी गरेको छ ।
उपाध्यायको पुनःबहालीको विरोध गर्दै नेविसंघले तालाबन्दी गरेको समिति अध्यक्ष प्रवीण लाखेले बताए । नेविसंघले प्रमुख उपाध्यायको कार्यकालमा क्याम्पसलाई कार्यकर्ता भर्तीकेन्द्र र भ्रष्टको क्रीडास्थल बनाएको आरोप लगाएको छ ।
कर्मचारी नियुक्ति तथा आशिंक करार शिक्षक नियुक्तिमा योग्य उम्मेदवारभन्दा आफ्ना निकट राजनीतिक दलका कार्यकर्तालाई प्राथमिकता दिने गरिएको आरोपसमेत लगाइएको छ ।

प्रतिक्रिया