हात्तीको आक्रमणबाट दस घरमा क्षति

झापा, १३ भदौ । झापाको खुदुनाबारी–८, कैदले गाउँमा हात्तीले १० घर भत्काएका छन् ।
जुकेखाडी जंगलको दमार क्षेत्रबाट आएका तीनवटा जंगली हात्तीले स्थानीय मीना पन्दाकको किराना दोकानसमेत क्षति पुराएका छन् । दोकानमा रहेका टिभी, प्र्रिmज, चामलका बोरा, कोदो, आटा, मैदा र दैनिक उपभोग्य वस्तु समेत नष्ट भएका छन् ।
गएराति गाउँ प्रवेश गरेका हात्तीले मनमाया शिवाकोटी, रणबहादुर राई, मनोज रोका, ख्याम बराइली, वीरबहादुर बराइली, खड्क परियार, तीलविक्रम मास्के, सोमती राई र पदमबहादुर सार्कीको घर भत्काएर अन्न खाएको पीडितहरुले बताए ।

प्रतिक्रिया