प्रधानमन्त्रीले राष्ट्रपतिलाई जिस्काए

काठमाडौं, १३ भदौ । एमाले वरिष्ठ नेता माधव नेपालले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिलाई जिस्क्याउन थालेको आरोप लगाएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रपतिलाई जिस्काउने नियतनै भट्टराईको हुन सक्ने बताए । उनले दलहरुका बीचमा विश्वासको वातावरण बनाउने काम सरकारको रहेको बताए । उनले भने, ‘तर सरकार यस विषयमा सुतेर बसेको छ ।’
नेता नेपालले राजनीतिक सहमतिका लागि वर्तमान सरकारले मार्गप्रशस्त गर्नुपर्ने बताउँदै सविधानसभाको पुनःस्थापनामा वा निर्वाचनका बारेमा छिटो छिनोफानो गर्नुपर्ने बताए ।
राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले राजनीतिक दलहरुबीचको संवादको प्रक्रिया कम्जोर हुँदा राजनीतिक संकट उत्पन्न भएको बताए । उनले निकासका लागि दलहरुबीच सामूहिक प्रयत्नको खाँचो बताए ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले सहमति विगतको जस्तो कार्यान्वयन नहुने बताए ।
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले उग्रवामपन्थी भड्काउ र संघीयताले देशलाई राजनीतिक अन्योलता थप्दै गएको बताए ।

प्रतिक्रिया