कार्तिक सम्ममा वर्तमान सरकार रहन्छ

काठमाडौं, १२ भदौ । उप–प्रधानमन्त्री विजय गच्छदारले कार्तिक मसान्त सम्ममा दलहरुवीच सहमति बन्ने विश्वास ब्यक्त गरेका छन् ।
उनले वर्तमान सरकार कार्तिक सम्म रहने दाबी गरे । राजधानीमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले एक त्रितियांश बजेट कार्तिक मसान्तमा समाप्त हुने भएकोले पनि सो समयसम्म दलहरुवीच सहमति हुनु अनिवार्य रहेको बताए ।
उनले सहमति गर्ने क्रममा सबै विषय प्याकेजमा मिलाउने बताए । उनले प्रधानमन्त्री बाबुराम भट्टराईले पदत्याग गर्ने कुरै नआउने स्पष्ट पारेका छन् ।
‘सरकारको भावी नेतृत्व एउटा पार्टीले गर्ने भन्दा पनि कुन ब्यक्तिले गर्ने भन्ने कुरा पनि टुङगो लाग्नु पर्छ,’ उनले भने ।

प्रतिक्रिया