हेर्नुस्, हाम्रा कर्णधारको करामत

काठमाडौं, १२ भदौ । यी तस्बिर कुनै अश्लील फिल्मका होइनन् । नवलपरासी जिल्लाको गैँडाकोटका स्कुले केटाकेटीले ‘रियालिटी’ मै यस्तो तमासा देखाएका छन् ।

युट्युबमा राखिएको एउटा भिडियोबाट यी तस्बिर साभार गरिएका हुन् । यो भिडियो दुई दिनमा २५ हजारभन्दा बढीले हेरेका छन् । भिडियोमा स्कुल पढ्ने उमेरका एक हुल केटाकेटी जोडी–जोडी भएर ‘टङ किस’ मा लिप्त रहेको देखिन्छ । घोर कलियुग †
गैँडाकोटका उच्छृंखल बालबालिकाहरूले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे र त्यसको भिडियो पनि खिचाए । त्यसो त भिडियो खिच्ने व्यक्ति भने बढी उमेरका लाग्छन् । उनी दृश्यमा आउँदैनन् । उनले प्रत्येक ४ जोडी बालबालिकालाई पालैपालो लामोभन्दा लामो समय ‘टङ किस’ गर्न उक्साएको भिडियोमा सुनिन्छ । किस गर्न नमान्नेलाई उनले दबाब नै दिएका छन् ।

 

यू टियूवको भिडियो लिङक  पनि…..(क्लिक गर्नुस)

http://www.youtube.com/watch?v=RfAcfKAzDLQ

 

अगस्ट २५, २०१२ को मितिमा यकलभउबअिययm को नामबाट सो भिडियो युट्युबमा पोस्ट भएको छ । सात मिनेट २४ सेकेन्डको भिडियोलाई सोमबार बेलुकीसम्म २४ जनाले ‘लाइक’ गरेका छन् भने १७ जनाले ‘डिस्लाइक’ गरेका छन् । यसमा अहिलेसम्म ३१ वटा प्रतिक्रिया आएका छन् । अधिकांश प्रतिक्रियामा भिडियो खिच्नेलाई पत्ता लगाएर कारबाही गर्नुपर्ने माग गरिएको छ ।
यस्तो भिडियो सार्वजनिक रूपमा राख्दा देशकै बदनामी भएको प्रतिक्रिया पनि आएका छन् । सोही भिडियो अरू विभिन्न शीर्षक दिएर युट्युबमा राख्ने क्रम बढिरहेको छ भने फेसबुकमा पनि सेयर भइरहेको छ । युट्युबमा तजभगिअपथदयथगकब नामबाट राखिएको भिडियोमा ती बालबालिका सरस्वती बोर्डिङ स्कुलका भएको उल्लेख छ ।
दुई केटीबीचको टङ किसबाट भिडियो सुरु भएको छ । उनीहरूपछि चार जोडी केटा र केटीलाई आलोपालो गरी किस गर्न लगाउँछन् भिडियो खिच्ने व्यक्तिले । यसै क्रममा एक किशोरीले सो भिडियो अरूले देख्लान् भनेर डिलिट गर्न पनि भन्छिन् । भिडियो खिच्नेले यसलाई डिलिट गर्ने वचन दिन्छन् । खोलाकिनारका ढुंगामाथि बालबालिका बसेका देखिन्छन् आ–आºना जोडी च्यापेर । उनीहरूमध्ये एक बालक कम्मरमाथि नग्न छन् । ढुंगामाथि कपडा ओछ्याइएको छ । खानेकुराका प्याकेट, पानीका बोतल यत्रतत्र फालिएका छन् । एक बालक स्कुलको पोसाकमै देखिएका छन् ।
यस घटनालाई प्रहरीले पनि चासो दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) का निर्देशक डिआइजी उपेन्द्रकान्त अर्यालले सो भिडियो युट्युबमा हेरेको बताए । ‘गैँडाकोट भन्ने ठाउँको हो भन्ने जानकारी पाएका छौँ,’ उनले सौर्यसँग भने, ‘भिडियोमा कसैले अश्लील दृश्य खिचेको र सिकाइरहेको जस्तो पनि देखिन्छ । यो गैरकानुनी कार्य हो ।’
उनले सो भिडियो खिच्नेको खोजी प्राविधिक तवरले गरिरहेको बताए । उनले भने, ‘जहाँसम्म कारबाहीको कुरा छ, पीडित पक्षबाट उजुरी नआएसम्म हामी केही गर्न सक्दैनाँै ।’ सो भिडियो हटाउनका लागि युट्युबलाई आग्रह गर्ने विषयमा उनले केही बोल्न चाहेनन् । ‘हामी युट्युबलाई कारबाही गर्न सक्दैनौँ, यो हाम्रो बसको कुरा होइन,’ उनले भने ।
युट्युबमा आएका केही कमेन्ट
छाडाहरू † उनीहरूलाई अलिकति त लाज हुनुपर्ने । यो घटनाको जड त्यो साले क्यामेराम्यान हो । उसले आफ्नो अनुहार देखाएको छैन तर अरूलाई समस्यामा पारेको छ ।
-1man0j
कुकुर/कुकुर्नीहरू अब चाखौला † भिडियो खिच्नेले पनि अब देख्छस् तेरो पाखण्डी योजना ।
-tengbe bu
भविष्यका पोर्न स्टारहरू । जेहोस्, बेस्ट अफ लक गाइज †
-Gopis bhattarai
छाडा केटाकेटी हो, तिमीहरूको भविष्य के
होला ?
-mohan magar
भालुहरूको……खुर्सानी हाल्नुपर्ने । अनि बोकाहरूलाई चाहिँ खसी बनाउनुपर्छ । युट्युबमा नेपाली समाजको बलात्कार गर्ने खातेहरू † यिनीहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने ।
-elixir thapa
छ्या † केही रद्दी भुराले बकबास गरे । हत्तेरी †
-Chubixx504
त्यो भिडियो खिच्ने सालेलाई पोर्न डाइरेक्टर बन्न मन छ कि क्या हो । २ देखा २ देखा रे । नेपालको नाम बदनाम गर्छौ ?
-elixir thapa
वाह् † भविष्यका पोर्न स्टारलाई गुड लक । यदि यी केटीले रोल पाइन् भने पक्कै नांगै हुनेछिन् । यिनीहरूको घरमा बा–आमा, दाजुभाइ छैन कि क्या हो ।
-sundar95986
हेर त, स्कुल गएका विद्यार्थीहरूको चाला † के सोचेर स्कुल पठाउँछन्, के गर्छन् छोराछोरी ? यस्तो भएपछि घन्टाको अगाडि बढ्छ नेपाल †
-Raju hamal1
कस्तो टाइम आयो यार † मलाई विश्वास छ, तिमीहरू कुनै दिन पछुताउनेछौ ।
-Milan Tamkule rai
आज यसरी किस राख्नेले भोलि गएर बलात्कार पनि हाल्न बेर छैन । म यी मानिसलाई घृणा गर्छु ।
-pl98400
मलाई लाग्छ, केटीहरूलाई तल गिराउनका लागि बलपूर्वक यो भिडियो बनाइएको हो ।
-pinkey subba
के यो साँच्चै हो ? नेपाली केटा र केटी खुल्लमखुला रोमान्स गर्छन् र त्यसलाई फेसबुकमा देखाउन चाहन्छन् ? हे दैव †
Yubaraj Khatiwada
जवानी चढेसी के–के गर्छन् के–के । कम्तीमा होस त पुर्‍याउनुपर्छ नि †
-ghimiresuren
साले केटाहरू † यस्तो काम पनि गर्ने हो ?
-Santosh Kafle
केटाकेटीलाई उकासेर यस्तो भिडियो खिच्ने यो मान्छे जो–कोही भए पनि यसलाई झुन्ड्याउनुपर्छ ।
-sagungg
यहाँ बेइज्जत गरेर जबर्जस्ती गर्न लगाउने अनि सेभ गरेर युट्युबमा राख्ने यो केटालाई खोजी गरून् तिनीहरूले नै र कारबाही गरून् । यहाँ ब्ल्याकमेल गरिएको छ ।
-bu575
नपाउनेले केरा पायो बोक्रैसित खायो भनेको यही हो । त्यसरी खिचेर छपाउने केटा राम्रो होइन ।
-bu575

यू टियूवको भिडियो लिङक  पनि…..(क्लिक गर्नुस)

http://www.youtube.com/watch?v=RfAcfKAzDLQ

 

 

प्रतिक्रिया